Kathmandu Press

प्रवासमा बस्नेहरुको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री देउवा

काठमाडौं, मंसिर २० : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रवासमा बस्ने नेपालीको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।जनसम्पर्क समिति अमेरिकाको तेस्रो महाधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै...
प्रवासमा बस्नेहरुको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री देउवा

काठमाडौं, मंसिर २० : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रवासमा बस्ने नेपालीको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

जनसम्पर्क समिति अमेरिकाको तेस्रो महाधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवाले विदेशमा बस्ने नेपालीहरुले देशलाई महत्वपूर्ण योगदान दिँदै आएको जिकिर गरे।

उनले जनसम्पर्क समितिको महाधिवेशनको सफलताको कामना गर्दै प्रतिनिधि चयनमा सहमति र सहकार्य कायम राख्न आग्रह गरे।

जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष तथा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टको सभापतित्वमा मेरिल्यान्ड जनरल एसेम्ब्लीका डेलिगेट डा. ह्यारी भण्डारी, एनआरएन अमेरिकाका अध्यक्ष बुद्धिसागर सुवेदी, महासचिव मुनेन्द्र नेम्वाङ, वेद खरेल, गौतम दाहाल लगायतले कार्यक्रम सफलताको शुभकामन दिएका थिए।

जनसम्पर्क समितिले नयाँ कार्यसमिति चयन गर्ने, महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यहरुको समेत निर्वाचन गर्ने कार्यतालिका रहेको अध्यक्ष विष्टले जानकारी दिए।

प्रकाशित मिति: ०७:३० बजे, सोमबार, मंसिर २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्