Kathmandu Press

कांग्रेस लुम्बिनीको सभापतिमा अमरसिंह पुन निर्वाचित

काठमाडौं, मंसिर २० : नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा अमरसिंह पुन विजयी भएका छन्।आज बिहान सम्पन्न मत गणनाअनुसार, पुनले ८८२ मत प्राप्त गरेका...
कांग्रेस लुम्बिनीको सभापतिमा अमरसिंह पुन निर्वाचित

काठमाडौं, मंसिर २० : नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा अमरसिंह पुन विजयी भएका छन्।

आज बिहान सम्पन्न मत गणनाअनुसार, पुनले ८८२ मत प्राप्त गरेका छन्। त्यस्तै, अध्यक्ष पदका प्रत्यासी भरतकुमार शाहले ७६७ र अष्टभुजा पाठकले ७७२ मत प्राप्त गरे।

त्यस्तै, उपसभापतिमा राजु खनाल र भुवन श्रेष्ठ विजयी भएका छन्। खनालले ७९२ र श्रेष्ठले ८४७ मत प्राप्त गरेका छन्।

महामन्त्रीमा विक्रम खनाल र सुरेन्द्र आचार्य विजयी भएका छन। खनालले ८४४ र आचार्यले ८३७ मत पाएका छन्।

सहमहामन्त्रीमा विष्णुप्रसाद खनाल, खगराज पाण्डे र निमा गिरी निर्वाचित भएका छन्। खनालले ८५९, पाण्डेले ७७६ र गिरीले ८३० मत पाएका छन्।

 

प्रकाशित मिति: ०७:१० बजे, सोमबार, मंसिर २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्