कांग्रेस प्रदेश १ को सभापतिमा उद्धव थापा विजयी
नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा उद्धव थापा विजयी भएका छन्।
काठमाडौं, मंसिर २० : नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा उद्धव थापा विजयी भएका छन्।
अध्यक्ष पदका अर्का उम्मेदवार गुरुराज घिमिरेलाई २ मतले हराउँदै थापा प्रदेश सभापतिमा विजयी भएका हुन्। गएराति सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार थापाले ८४४ मत र घिमिरेले ८४२ मत पाएका छन्।
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षको तर्फबाट थापा र वरिष्ठ नेता रामचन्द्र पौडेल तथा नेता शेखर कोईराला पक्षको तर्फबाट घिमिरे प्रदेश सभापतिमा लडेका थिए।
प्रदेश पदाधिकारीमा पनि थापाकै प्यानलको दवदवा रहेको छ। उपसभापतिमा टंकप्रसाद राई (८४७) र रमेशजङ्ग रायमाझी (८९१) विजयी भएका छन्।
महामन्त्रीमा उमेश थापा (८२३) र भूपेन्द्र राई (८२४) विजयी भएका छन्। थापा घिमिरे प्यानलबाट विजयी भएका हुन्।
यस्तै, सह–महामन्त्री (महिला) तर्फ प्रमिलाकुमारी गच्छेदार (८३७), सह–महामन्त्री (खुला)तर्फ खड्ग फागो (१०२६) र विनोदकुमार बस्नेत (७४७) विजयी भएका छन्।
अन्य पदको मत गणना जारी छ। कुल १ हजार ८ सय ४ मत रहेको प्रदेश निर्वाचनमा १ हजार ७५३ मत खसेको थियो।











-1788524800.jpg)