कांग्रेस बाग्मती प्रदेश सभापतिमा देउवा पक्षका बानियाँ बिजयी
काठमाडौं, मंसिर १९ : नेपाली कांग्रेस वाग्मती प्रदेशको सभापतिमा संस्थापन पक्षका इन्द्र बानियाँ बिजयी भएका छन् ।बानियाँले रामचन्द्र पौडेल पक्षबाट उम्मेद्बार बनेका जगदीश्वर....jpg)
काठमाडौं, मंसिर १९ : नेपाली कांग्रेस वाग्मती प्रदेशको सभापतिमा संस्थापन पक्षका इन्द्र बानियाँ बिजयी भएका छन् ।
बानियाँले रामचन्द्र पौडेल पक्षबाट उम्मेद्बार बनेका जगदीश्वर नरसिंह केसीलाई १५८ मतले पछि पार्दै प्रदेश सभापतिमा विजयी भएका हुन् । आइतबार भएको दोस्रो चरणको मतदानमा खसेको कुल २ हजार मत गणना गर्दा बानियाँले १०८५ मत ल्याए।
यता, उनका प्रतिस्पर्धी केसीले ९२७ मत मात्रै पाए। बानियाँ सभापति शेरबहादुर देउवा पक्षका हुन् ।
शनिबार भएको पहिलो चरणको मतदानमा चुनावी प्रतिस्पर्धामा उत्रिएका ३ जना उम्मेदवारमध्ये कसैले पनि खसेको मतको ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको मतदान भएको थियो।
पहिलो चरणको मतदानबाट बाहिरिएका भीमसेनदास प्रधानले संस्थापन पक्षका बानियाँलाई समर्थन गरेका थिए।
प्रकाशित मिति: २२:०७ बजे, आइतबार, मंसिर १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1788524800.jpg)