Kathmandu Press

कुटपिट गर्दा श्रीमतीको मृत्युभएपछि श्रीमान् पक्राउ

कुटपिट गर्दा श्रीमतीको मृत्युभएपछि श्रीमान् पक्राउ

दमक, मंसिर १९ : श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा दमकबाट एक पुरुष पक्राउ परेका छन्। दमक–१० का ४५ वर्षीय रामकुमार लिम्बूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। लिम्बूमाथि प्रहरी कार्यालयमा उजुरी परेपछि आवश्यक अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए।

उनका अनुसार यही मङ्सिर १६ गते घरायसी झगडा हुदाँ लिम्बूले आफनै ४९ वर्षीया श्रीमती घनादेवी आचार्यलाई कुटपिट गरेको र घाइतेको उपचारका क्रममा मृत्यु भएको प्रहरीमा बुझाएको जाहेरीमा उल्लेख छ। प्रहरीले घटनाका बारे थप अनुसन्धान सुरु गरेको उनले बताए।

प्रकाशित मिति: २०:१३ बजे, आइतबार, मंसिर १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्