मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने सहमतिपछि अवरुद्ध सडक सञ्चालनमा
कञ्चनपुर, मंसिर १९ : कृष्णपुर नगरपालिका–१ बङ्क नजिक पूर्व पश्चिम राजमार्गमा भारतीय नम्बर प्लेटको जीपको ठक्करबाट मृत्यु भएका व्यक्तिका आफन्तले क्षतिपूर्तिको माग राख्दै आज बिहानदेखि अवरुद्ध गरेको सडक सञ्चालनमा आएको छ।
भारतीय डिएल १७ सी ४७५४ नंको जीपको ठक्करबाट पैदल यात्री अन्दाजी ६५ वर्षीय तारानाथको मृत्यु भएपछि बिहानदेखि स्थानीय बासिन्दाले सडक अवरुद्ध गरेका थिए।
जीप सञ्चालक र पीडित परिवारबीच भएको छलफलमा क्षतिपूर्ति रकम उपलब्ध गराउने सहमति भएपछि सडक सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताए।
जीपको ठक्करबाट मृत्यु भएका परिवारलाई तत्काल किरिया खर्चबापत ५० हजार रूपैयाँ रकम उपलब्ध गराउने र क्षतिपूर्तिबापत बीमाले तोकेअनुसारको रकम उपलब्ध गराउने सहमति भएपछि अवरुद्ध सडक सञ्चालनमा आएको उनले बताए।
प्रकाशित मिति: १९:४८ बजे, आइतबार, मंसिर १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१
जटिल रोग लागेका बिरामीलाई लुम्बिनी प्रदेशको दुई लाख सहयोगशुक्रबार, मंसिर ७, २०८१
अर्जुनचौपारी गाउँपालिकाद्धारा स्याङ्जाका तीन यु–१९ महिला क्रिकेटरलाई सम्मान बिहीबार, मंसिर ६, २०८१