बाजुरामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु
बाजुरा, मंसिर १९ : बाजुराको बडिमालिका नगरपालिका–८ मा पर्ने थुवाकाँधमा अटो दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ। चार घाइतेमध्ये दुईजनाको घटनास्थलमै मृत्यु भएको...बाजुरा, मंसिर १९ : बाजुराको बडिमालिका नगरपालिका–८ मा पर्ने थुवाकाँधमा अटो दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ। चार घाइतेमध्ये दुईजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
दुईजनाको अवस्था भने सामान्य रहेको प्रहरीको भनाइ रहेको छ। घटनामा परी मृत्यु हुनेको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। अटो चालक भने फरार रहेको प्रहरीले जनाएको छ।
सदरमुकाम मार्तडीदेखि जडाङगा जाँदै गरेको अटो आज ५ः३० मा दुर्घटनामा परेको हो। अटो सडकबाट करिब दुई सय मिटर तल बूढीगङ्गा नदीको किनारामा परेको जानकारी दिइएको छ। घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ। अटो चालक भने फरार रहेको छ।
प्रकाशित मिति: १९:४५ बजे, आइतबार, मंसिर १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१
जटिल रोग लागेका बिरामीलाई लुम्बिनी प्रदेशको दुई लाख सहयोगशुक्रबार, मंसिर ७, २०८१
अर्जुनचौपारी गाउँपालिकाद्धारा स्याङ्जाका तीन यु–१९ महिला क्रिकेटरलाई सम्मान बिहीबार, मंसिर ६, २०८१