Kathmandu Press

कांग्रेस प्रदेश नं १ अधिवेशन, घिमिरेलाई अग्रता 

कांग्रेस प्रदेश नं १ अधिवेशन, घिमिरेलाई अग्रता 

काठमाडौं, मंसिर १९ : नेपाली कांग्रेस प्रदेश १ को सभापतिका लागि भएको निर्वाचनको मतगणना जारी छ ।

सभापतिमा संस्थापन इतर पक्षका उम्मेदवार बनेका गुरुराज घिमिरेले सुरुवाती अग्रता लिएका छन् । पछिल्लो सार्वजनिक परिणाम अनुसार घिमिरेले ३९ मतको अग्रता हासिल गरेका छन् ।

घिमिरेले २ सय १२ मत ल्याउँदा देउवा–सिटौला समूहका उम्मेदवार उद्धव थापाले १ सय ७३ मत ल्याएका छन् ।  घिमिरे केन्द्रीय सदस्य हुन् भने, थापा झापा कांग्रेसका पूर्व सभापति हुन् । 

प्रकाशित मिति: १८:३४ बजे, आइतबार, मंसिर १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्