Kathmandu Press

‘ओमिक्रोन’ बाट जोगिनका लागि तयारी थाल्न मन्त्रालयलाई स्वास्थ्य समितिको निर्देशन 

आईतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडा सहित सिंहदरबारमा बसेको समितिको बैठकले ओमिक्रोनबाट जनस्वास्थ्यको सुरक्षाका लागि आवश्यक तयारी थाल्न भन्दै मन्त्रालयलाई निर्देशन दिएको हो ।
‘ओमिक्रोन’ बाट जोगिनका लागि तयारी थाल्न मन्त्रालयलाई स्वास्थ्य समितिको निर्देशन 

काठमाडौं, मंसिर १९ : प्रतिनिधिसभा अन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिले हालसालै देखिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट जनताको सुरक्षा गर्नका लागि आवश्यक तयारी थाल्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।

आईतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडा सहित सिंहदरबारमा बसेको समितिको बैठकले ओमिक्रोनबाट जनस्वास्थ्यको सुरक्षाका लागि आवश्यक तयारी थाल्न भन्दै मन्त्रालयलाई निर्देशन दिएको हो ।

कोरोनाको नयाँ भेरियन्ट भारतमा समेत पुष्टि भइसकेकोले नेपालमा पनि आवतजावतका कारण आउनसक्ने तर्फ सचेत रहन आग्रह गर्दै समितिकी सभापति जयपुरी घर्तीले जनस्वास्थ्यमा ध्यान दिएर नाकामा खोपकार्ड र कोरोना परीक्षण गरेर मात्रै आवतजावतको व्यवस्था गर्न मन्त्रालयलाई निर्देशन दिएकी हुन् । 

उनले कोरोनाको खोपलाई जनतासमक्ष चाँडो भन्दा चाँडो पुर्‍याउने कुरा चाँडै कार्यान्वयन गर्न पनि निर्देशन दिइन् । त्यस्तै सभापति घर्तीका अनुसार समितिले हरेक, वडा, गाउँपालिका र नगरपालिकामा कोरोना खोप लगाउने समय नतोकि जुनकुनै समयमा पनि खोप लगाउने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।

प्रकाशित मिति: १८:१९ बजे, आइतबार, मंसिर १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्