Kathmandu Press

आक्रमणकारीलाई कारबाही गर्न नेविसंघको माग

आक्रमणकारीलाई कारबाही गर्न नेविसंघको माग

काठमाडाैं, मंसिर १९ : नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले ग्रामीण आदर्श क्याम्पसका विद्यार्थीलाई आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ।

नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गर्दै ग्रामीण आदर्श क्याम्पसका नेविसंघ नेता सौरभ घिमिरे, महेशमणि पौडेल, प्रदीपजंग शाह, माधव बजगाईंलगायतलाई आक्रमण गर्ने नेत्रविक्रम चन्द समूहनिकट अखिल क्रान्तिकारीका विद्यार्थीलाई कारबाही गर्न माग गरेका हुन्। 

‘क्याम्पस हाताभित्र अनधिकृत प्रवेश गरी द्वन्द्व बढाउने गतिविधि गर्दैै गर्दा आम विद्यार्थीले सोको विरोध जनाउँदा शैक्षिक संस्थामा वैचारिक राजनीति नगरी भौतिक आक्रमणमा उत्रनु दुःखद र निन्दनीय छ,’ अध्यक्ष ढुङ्गानाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

नेविसंघले घाइते विद्यार्थीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै दोषीलाई हदैसम्म कारबाही गर्नुपर्ने बताएको छ। 

प्रकाशित मिति: १८:०३ बजे, आइतबार, मंसिर १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्