राप्रपाकाे नयाँ नेतृत्वलाई लाेहनीकाे सुझाव : ‘म ठूलो हुँ’ भन्ने भाव नराखी हातेमालो गर्नुहाेस्
काठमाडौं, मंसिर १९ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष प्रकाशचन्द्र लोहनीले निर्वाचित भएर नेतृत्वमा पुग्दैमा आफू ठूलो भएको भाव नराख्न आग्ह गरेका...
काठमाडौं, मंसिर १९ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष प्रकाशचन्द्र लोहनीले निर्वाचित भएर नेतृत्वमा पुग्दैमा आफू ठूलो भएको भाव नराख्न आग्रह गरेका छन्।
राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनसहित पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रमलाई आज (आइतबार) सम्बोधन गर्दै उनले नेता हुनेबित्तिकै ‘म ठूलो हुँ’ नराखी सबैले हातेमालो गएर अघि बढनुपर्नेमा जोड दिए।
लोहनीले विधि, पद्धति, दृष्टिकोण र दर्शनमा बाँधिएर पार्टीलाई मुलुक हाँक्न सक्ने बनाउनु नेतृत्वको जिम्मेवारी भएको उनले बताए।
‘नेता हुनेबित्तिकै म ठूलो भएँ। मैले भनेको जे पनि चल्छ, होइन। पार्टीको विधि, पद्धति, पार्टीको दर्शन, दृष्टिकोणमा बाँधिएर एकले अर्कालाई टेवा दिएर, कार्यकर्तालाई नेताले संरक्षण गर्ने, नेताले कार्यकर्तालाई माया गर्ने। म ठूलो, तँ सानो भनेर न्यूनीकरण गर्ने काम नगरौं,’ उनले भने।
लोहनीले एक वर्षभित्र आवधिक निर्वाचन हुने र त्यसमा आफ्नो पार्टीले सकेसम्म सरकार बनाउने, नभए पनि सशक्त प्रतिपक्षको रूपमा उपस्थिति जनाउने गरी देशव्यापी रूपमा जागरण अभियान सञ्चालन गर्न पनि पार्टीको नयाँ नेतृत्वलाई सुझाए।
उनले राजसंस्था र नेपालको पहिचान हिन्दुराष्ट्रको एजेन्डालाई लिएर देशव्यापी रुपमा पुनर्जागरण अभियान चलाउनुपर्नेमा पनि जो दिए।
राप्रपाको आन्तरिक प्रतिस्पर्धा सकिएको र अबको प्रतिस्पर्धा एमाले, कांग्रेस, माओवादीसँग गरेर जाने चुनौती आएको उनले बताए। ‘प्रतिस्पर्धाका लागि हामीले संगठन विस्तार गरेर लैजानुपर्ने हुन्छ। कि त पार्टीले सत्तामा गएर देखाउँछौं कि त हामी सशक्त प्रतिपक्षमा रुपमा बसेर देखाउँछौं भन्ने दाबी गर्न सक्नुपर्दछ,’ उनले भने।
राष्ट्रिय पुनर्जागरणको अभियानलाई पनि सँगसँगै लैजानुपर्ने पनि उनको भनाइ थियो।











-1788524800.jpg)