Kathmandu Press

कोरोनामुक्त भएपछि प्रधानन्यायाधीश जबरा अदालत उपस्थित

काठमाडौं, मंसिर १९ः प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा सर्वोच्च अदालत उपस्थित भएका छन्। कोरोना मुक्त भएपछि उनी अदालत उपस्थित भएका हुन्। उनी कार्यालय समयमा...
कोरोनामुक्त भएपछि प्रधानन्यायाधीश जबरा अदालत उपस्थित

काठमाडौं, मंसिर १९ः प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा सर्वोच्च अदालत उपस्थित भएका छन्। कोरोना मुक्त भएपछि उनी अदालत उपस्थित भएका हुन्। उनी कार्यालय समयमा नै अदालत उपस्थित  भएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए। 

शुक्रबार उनको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो। कोभिड नियोनियका कारण जबरा मंसिर १३ गते अस्पताल भर्ना भएका थिए। स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै अस्पतालले चार दिनपछि मंसिर १७ गते डिस्चार्ज गरेको थियो। 
 
उनको डिस्चार्जको विषयमाथि पनि बार एशोसियशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रश्न गरेका थिए । कोरोना संक्रमण पुष्टि भएको न्यूनतम दश दिनसम्म बाहिरी मानिसहरुको सम्पर्कमा आउन नहुने मापदण्ड रहेकोमा प्रधान्यायाधीश जबरजस्ती डिस्चार्ज भएको आरोप श्रेष्ठले लगाएका थिए। 

सर्वोच्चमा प्रधानन्यायाधीशको अधिकार भने कटौती भएको छ । जबरा अस्पताल भएकै बेला सर्वोच्चमा गोला प्रथाबाट पेशी तोक्ने प्रणाली शुरु भइसकेको छ। 
 

प्रकाशित मिति: १६:२२ बजे, आइतबार, मंसिर १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्