राप्रपाका नवनिर्वाचित अध्यक्ष लिङ्देनसहित पदाधिकारीले लिए शपथ
काठमाडौं, मंसिर १९ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नव निर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनसहित पदाधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।राप्रपा केन्द्रीय...
काठमाडौं, मंसिर १९ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नव निर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनसहित पदाधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
राप्रपा केन्द्रीय निर्वाचन समितिले आज (आइतबार) काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गरेर शपथ ग्रहण गराएको हो। शपथ ग्रहण कार्यक्रममा निवर्तमान अध्यक्ष कमल थापा भने सहभागी भएनन्।
राप्रपामा लिङ्देनको नेतृत्वमा बनेकाे कार्यसमितिको उपाध्यक्षमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र रोशन कार्की निर्वाचित भएका छन्।
त्यसैगरी महामन्त्रीमा निर्वाचित हुनेहरू धवलशम्शेर राणा, भुवन पाठक र कुन्तीकुमारी शाही छन्। राप्रपाको कार्यसमितिको १९९ सदस्यीय हुने भए पनि निर्वाचनबाट १४९ जनाको चयन गरिएको छ। बाँकी ५० केन्द्रीय सदस्य भने नवनिर्वाचत कायृसमितिले मनोनीत गर्नेछ।











-1788524800.jpg)