Kathmandu Press

सुरक्षाबलको गोली लागेर भारतको नागाल्यान्ड १३ को मृत्यु, स्थिति तनावपूर्ण

नयाँदिल्ली, मंसिर १९ : भारतीय सुरक्षा बलले उत्तरपूर्वी राज्य नागाल्यान्डमा एक ट्रकमा गोली चलाउँदा र आक्रमणको विरोध गर्न भेला भएका भीडलाई गोली हान्दा १३...
सुरक्षाबलको गोली लागेर भारतको नागाल्यान्ड १३ को मृत्यु, स्थिति तनावपूर्ण

नयाँदिल्ली, मंसिर १९ : भारतीय सुरक्षा बलले उत्तरपूर्वी राज्य नागाल्यान्डमा एक ट्रकमा गोली चलाउँदा र आक्रमणको विरोध गर्न भेला भएका भीडलाई गोली हान्दा १३ सर्वसाधारणको मृत्यु भएको छ।

सो घटनाका कारण सोन जिल्लाको अवस्था निकै तनावपूर्ण रहेको र नागाल्यान्ड बाहिरका एक मजदुरसहित १३ जनाको मृत्यु भएको पुष्टि भएको शनिबारको घटनाका प्रहरी अधिकारी सन्दीप एम तामगाडगेले बताएका छन्। 

Hardik ivf

ओटिङ गाउँमा आफ्नो घर फर्किने क्रममा सुरक्षाबलले गरेको हमलामा ६ मजदुरको मृत्यु भएको तामगाडगेले बताएका छन्। परिवारका सदस्यहरु बेपत्ता व्यक्तिहरुको खोजीमा गएका र शव फेला परेपछि सुरक्षा बलहरू सामाना गरेका बताइएको छ।

त्यसपछि मृतकहरुका आफन्तका बारेमा प्रश्न गर्न गएका सुरक्षा बलबीचको झडपका क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा थप सात जनाको मृत्यु भएको तामगाडगेले बताए्। 

भारतीय सेनाले जारी गरेको एक विज्ञप्तिमा यस क्षेत्रमा सक्रिय विद्रोहीहरूलाई पछ्याउन विश्वसनीय गुप्तचरहरुले काम गरिरहेको बताएको छ। यस विज्ञप्तिमा घटनाका क्रममा सुरक्षाबलका एक सदस्यको मृत्यु भएको र अन्य केही घाइते भएका पनि थपिएको छ।

विज्ञप्तिमा भनिएको छ,  ‘दुर्भाग्यपूर्ण ज्यान गुमाउनुको कारणबारे उच्चस्तरीय छानबिन भइरहेको छ र कानुनबमोजिम आवश्यक कारबाही गरिनेछ।

दुर्भाग्यपूर्ण ज्यान गुमाउनुको कारणबारे उच्च तहमा अनुसन्धान भइरहेको र कानुन बमोजिम आवश्यक कारबाही गरिने विज्ञप्तिमा उल्लेख छ।

नागाल्याण्डका मुख्यमन्त्रीले शान्त रहन अपिल गर्दै छानबिनको घोषणा गरेका छन्। ‘सर्वसाधारणको हत्याको दुर्भाग्यपूर्ण घटना अत्यन्तै निन्दनीय छ,’ उनले ट्विटरमार्फत सबै वर्गबाट शान्तिका लागि अपील गरेका छन्।  

प्रकाशित मिति: १५:४३ बजे, आइतबार, मंसिर १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्