Kathmandu Press

लिङ्देनलाई हिमानीको बधाई, हिमानीमाथि खनिए थापा 

काठमाडौं, मंसिर १६ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएपछि पूर्वयुवराज्ञी हिमानी शाहले खुसी व्यक्त गरेकी छन्। आज (आइतबार) बिहान सामाजिक...
लिङ्देनलाई हिमानीको बधाई, हिमानीमाथि खनिए थापा 

काठमाडौं, मंसिर १६ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएपछि पूर्वयुवराज्ञी हिमानी शाहले खुसी व्यक्त गरेकी छन्। 

आज (आइतबार) बिहान सामाजिक सञ्जालमार्फत उनले लिङ्देनको प्रशंसा गर्दै बधाई र शुभकामना दिएकी छन्।

‘अवसरवाद, नातावाद, कृपावादको अन्त्य गर्न सफल हुनु भएकोमा राष्ट्रवादी नेता राजेन्द्र लिङ्देनलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना’, हिमानीले ट्विटरमा लेखेकी छन्, ‘राजेन्द्र लिङ्देनको जितसँगै मुलुकले आज सच्चा राष्ट्रवादी नेता पाउन सफल भएको छ।’

लामो समयदेखि राप्रपाको नेतृत्वमा रहँदै आएका कमल थापा भने हिमानीमाथि खनिएका छन्। उनले अब चाँडै राजसंस्था पुनःस्थापना हुने भएको हुँदा हिमानीलाई हार्दिक बधाई तथा शुभकामना भन्दै व्यंग्य गरेका छन्। उनले हिमानीले लिङ्देनलाई बधाई दिएको ‘ट्विट’ समेत साभार गर्दै व्यंग्य गरेका हुन्।

थापाले नतिजा आएलगत्तै आज बिहान थापाले आफ्नो हारमा पूर्वराजपरिवारको हात रहेको आरोप लगाएका थिए। 

प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्ने बताउँदै लिङदेनलाई बधाई तथा शुभकामना त दिए तर हारको कारण निर्मल निवास भएको आरोप लगाए।

प्रतिकुल परिस्थितिमा समेत आफूमाथि विश्वास र भरोसा गर्ने भन्दै पार्टी प्रतिनिधिहरूलाई पनि उनले आभार प्रकट गरेका थिए।

‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु,’ उनले फेसबुकमा लेखेका छन्। 

लिङ्देनले जितेसँगै आफूले राहत र उन्मुक्ति पाएको पनि उनले बताएका छन्। राजसंस्था बोकेर हिँड्दा हार पुरस्कार पाइएको भन्दै उनले असन्तिुष्टि पनि पोखेका छन्।

‘सिंगो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो,’ उनले लेखेका छन्, ‘सो एजेन्डाको मूल संवाहकलाई राजनीतिक रूपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्। हार्दिक शुभकामना।’

प्रकाशित मिति: १५:२४ बजे, आइतबार, मंसिर १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्