कांग्रेसको महोत्तरी–३ काे अधिवेशनमा वितरित सबै प्रमाणपत्र रद्द
काठमाडौं, मंसिर १९ : महोत्तरी–३ को क्षेत्रीय अधिवेशनमा वितरित प्रमाणपत्र अवैधानिक भन्दै रद्द गरिएको छ।नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले क्षेत्रीय कार्यसमितिका साथै महाधिवेशन प्रतिनिधिहरूलाई...
काठमाडौं, मंसिर १९ : महोत्तरी–३ को क्षेत्रीय अधिवेशनमा वितरित प्रमाणपत्र अवैधानिक भन्दै रद्द गरिएको छ।
नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले क्षेत्रीय कार्यसमितिका साथै महाधिवेशन प्रतिनिधिहरूलाई अवैधानिक तरिकाले प्रमाणपत्र वितरण गरिएको भन्दै ती सबैलाई रद्द गरेको हो।
समितिले क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको निर्वाचन तत्काल गर्नसमेत निर्देशन दिएको छ।
जिल्ला निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार महोत्तरी–३ का निर्वाचन अधिकृत धीरन्द्र मण्डलले प्रतिवेदनलाई समर्थन गर्दै जिल्ला निर्वाचन अधिकृत इन्द्रबहादुर अधिकारीले समितिमा प्रस्तुत गरेको प्रतिवेदनलाई मध्यनजर गरी सो क्षेत्रको कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यलाई वितरण गरिएको प्रमाणपत्र रद्द गरिएको हो।
सचिव श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन अधिकृत इन्द्रबहादुर अधिकारीबाट समितिमा प्रस्तुत प्रतिवेदनलाई मध्यनजर गरी निर्णयतर्फ विचार गर्दा महोत्तरी–३ को क्षेत्रीय कार्यसमिति र सो क्षेत्रबाट निर्वाचित केन्द्रीय महाधिवेशन प्रतिनिधि साथै महासमिति सदस्यको निर्वाचन भएको नदेखिएकाले सो क्षेत्रका क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको निर्वाचन तत्काल गर्ने र उक्त पदहरूका अवैधानिक रूपमा वितरण गरिएका सम्पूर्ण प्रमाणपत्रहरू रद्द गरिएको छ।’












-1788524800.jpg)