डोटीका ६ पालिकामा एकीकृत समाजवादीको नयाँ नेतृत्व
डोटी, मंसिर १९ : नेकपा (एकीकृत समाजवादी) ले जिल्लाका ६ पालिकामा नयाँ नेतृत्व चयन गरेको छ। एकीकृत समाजवादीले संगठन विस्तार गर्ने क्रममा ती पालिकामा...
डोटी, मंसिर १९ : नेकपा (एकीकृत समाजवादी) ले जिल्लाका ६ पालिकामा नयाँ नेतृत्व चयन गरेको छ। एकीकृत समाजवादीले संगठन विस्तार गर्ने क्रममा ती पालिकामा नयाँ नेतृत्व चयन गरेको हो।
नौमध्ये ६ पालिकामा कमिटी गठन गरिएको एकीकृत समाजवादी जिल्ला अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिए। दिपायल सिलगढी र शिखर नगरपालिका तथा पूर्वीचौकी, केआई सिंह, जोरायल र बडिकेदार गाउँपालिकामा कमिटी गठन गरिएको छ।
दिपायल सिलगढीमा शैलेन्द्र खड्काको अध्यक्षतामा ३३ सदस्यीय, पूर्वीचौकीमा गोरखबहादुर बोगटीको अध्यक्षमा ५१ सदस्यीय, बडिकेदारमा लालबहादुर मन्नीको अध्यक्षतामा २७ सदस्यीय, जोरायलमा रोहित बोहराको अध्यक्षतामा ५१ सदस्यीय, शिखरमा जगन्नाथ बलायरको अध्यक्षतामा ३९ सदस्यीय तथा केआइसिंहमा पुष्पराज जोशीको अध्यक्षतामा ७९ सदस्यीय नयाँ कमिटी गठन गरिएको छ।
सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन गरिएको बोगटीले बताए।











-1788524800.jpg)