Kathmandu Press

काँग्रेस महाधिवेशन : सुदूरपश्चिममा संस्थापन पक्षको प्यानल नै विजयी 

काठमाडौं, मंसिर १८ : नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको अधिवेशनमा संस्थापन पक्षका प्यानल नै विजयी भएको छ । सभापतिमा देउवानिकट वीर बहादुर बलायर सहित उनको...
काँग्रेस महाधिवेशन : सुदूरपश्चिममा संस्थापन पक्षको प्यानल नै विजयी 

काठमाडौं, मंसिर १८ : नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको अधिवेशनमा संस्थापन पक्षका प्यानल नै विजयी भएको छ । सभापतिमा देउवानिकट वीर बहादुर बलायर सहित उनको प्यानल निर्वाचित भएको हो । 

बलायरले उनका प्रतिवद्वन्दी  नारायणदत्त मिश्रलाई ४ सय ८ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्।

कुल १ हजार २६ जना प्रतिनिधिमध्ये १ हजार ३ मत खसेको थियो । बलायरले ६ सय ८८ मत ल्याउँदा मिश्रले २ सय ८० मत मात्रै ल्याए ।

उपसभापतिमा जनकराज चौधरी र लोकराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का तथा सह महामन्त्रीमा गोपालदत्त भट्ट चिन्तामणि भट्ट र अम्बिकाकुमारी चलाउने विजयी भएका छन् ।

प्रकाशित मिति: १३:१६ बजे, आइतबार, मंसिर १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्