Kathmandu Press

काँग्रेस महाधिवेशन : बाग्मतीमा फेरि मतदान, भीमसेनको समर्थन इन्द्र बानियाँलाई 

काठमाडौं, मंसिर १९ः नेपाली कांग्रेस बाग्मती प्रदेशको नेतृत्व चयनका लागि भएको मतदानमा कुनैपनि उम्मेदवारले ५० प्रतिशत मत नल्याएपछि पुनः मतदान हुने भएको छ। आइतबार...
काँग्रेस महाधिवेशन : बाग्मतीमा फेरि मतदान, भीमसेनको समर्थन इन्द्र बानियाँलाई 

काठमाडौं, मंसिर १९ः नेपाली कांग्रेस बाग्मती प्रदेशको नेतृत्व चयनका लागि भएको मतदानमा कुनैपनि उम्मेदवारले ५० प्रतिशत मत नल्याएपछि पुनः मतदान हुने भएको छ। 

आइतबार भएको पहिलो चरणको निर्वाचनमा सभापतिका सबै उम्मेदवारले पचास प्रतिशत मत प्राप्त नगरेपछि दोस्रो चरणको मतदान हुने भएको हो। 

बाग्मती प्रदेशेको सभापतिका लागि भीमसेनदास प्रधान, इन्द्र बानियाँ र जगदिश्वरनरसिंह केसीले उम्मेदवारी दिएका थिए। पहिलो चरणको मतदानमा इन्द्र बानियाँले सबैभन्दा बढी मत ल्याएका छन् भने सबैभन्दा कम मत भीमसेनदास प्रधानले पाए। 

पहिलो चरणको मतपरिणाम आएपछि प्रधानले बानियाँलाई समर्थन गरेका छन्। उनले सहमतिमै सभापति चयन गर्नका लागि अर्का उम्मेदवार जगदिश्वरसिंह केसीलाई पनि आग्रह गरेका छन्। सिटौला प्यानलबाट उम्मेदवारी दिएका प्रधानले आइतबार बिहान पत्रकार सम्मेलन गरेर आफ्नो समर्थन बानियाँलाई रहेको बताए। 

सबैभन्दा बढी मत बानियाँले पाएका कारण बाँकी प्रतिस्पर्धीले उनलाई नै समर्थन गरी समतिको सन्देश दिन उनको आग्रह छ। 

प्रकाशित मिति: १३:०३ बजे, आइतबार, मंसिर १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्