राजीनामाको माग यथावत् राख्दै बार बहसमा फर्किने
काठमाडौं, मंसिर १९ : आन्दोलनरत नेपाल बार एशोसियशन प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको राजीनामाको मागलाई यथावत राख्दै बहसमा फर्किने भएको छ। बार एक महिनादेखि प्रधानन्यायाधीश राणाको...
काठमाडौं, मंसिर १९ : आन्दोलनरत नेपाल बार एशोसियशन प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको राजीनामाको मागलाई यथावत राख्दै बहसमा फर्किने भएको छ।
बार एक महिनादेखि प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको थियो । बारले १२ बजे पछाडि सर्वोच्च अदालतमा सुनुवाईमा रहेका मुद्दामा बहस गर्ने भएको हो।
बारका महासचिव लिलामणी पौडेलले न्यायका उपभोक्ताको मर्कालाई मध्यनजर गर्दै १२ बजेपछि बहस गर्ने निर्णय लिएको काठमाडाैं प्रेसलाई जानकारी दिए। ‘हामीले दिउँसो १२ बजेपछि बहस गर्ने भनेका छौं तर प्रधानन्यायाधीशको राजीनामाको मागमा हामी अडिग छौं,’ पौडेलले भने । उनले १२ बजे अगाडि भने सर्वोच्चमा धर्ना कार्यक्रम निरन्तर रहने जानकारी पनि दिए।
प्रकाशित मिति: १२:३८ बजे, आइतबार, मंसिर १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1788524800.jpg)