Kathmandu Press

अमेरिकी र रुसी राष्ट्रपतिबीच वार्ता हुने

अमेरिकी र रुसी राष्ट्रपतिबीच वार्ता हुने

मस्को, मंसिर १९ : अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच वार्ता हुने भएको छ ।

उनीहरुबीच आगामी मंगलबार भिडियो कन्फ्रेन्सिङमार्फत् वार्ता हुने भएको बताइएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई उद्धृत गर्दै चिनियाँ समाचार समिति सिन्ह्वाले सो समाचार दिएको छ ।

प्रवक्ता पेस्कोभले रुसी समयानुसार मंगलबार साँझ दुई देशका राष्ट्रपतिकाबीचमा भिडियो वार्ता हुन लागेको हो।

सो वार्ता कति लामो समयसम्म हुन्छ भनी सोधिएको एक प्रश्नमा प्रवक्ता पेस्कोभले उनीहरुको चाहनाअनुसार हुने जवाफ दिएका छन्। सो वार्ताका क्रममा युक्रेनलगायतका विषयमा पनि कुराकानी हुने बताइएको छ। 

प्रकाशित मिति: १२:१० बजे, आइतबार, मंसिर १९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्