Kathmandu Press

नेपाल एयरलाइन्समा मुकेश प्रधानको दादागिरी, १५ यात्रुलाई राति प्लेनबाट उतारे

काठमाडौं, मंसिर १९ :  नेपाल एयरलाइन्सले बिना कारण १५ यात्रुलाई शनिबार राती बिचल्लीमा पारेको छ। काठमाडौंबाट युनाइटेड अरब इमिरेट्स (युएई) को दुबई जान लागेका १५...
नेपाल एयरलाइन्समा मुकेश प्रधानको दादागिरी, १५ यात्रुलाई राति प्लेनबाट उतारे

काठमाडौं, मंसिर १९ :  नेपाल एयरलाइन्सले बिना कारण १५ यात्रुलाई शनिबार राती बिचल्लीमा पारेको छ। 

काठमाडौंबाट युनाइटेड अरब इमिरेट्स (युएई) को दुबई जान लागेका १५ यात्रुलाई बिना कुनै कारण नेपाल एयरलाइन्सका ‘अपरेशन हेड’ मुकेश प्रधानले उतारेको र उल्टै धम्कि दिएका छन्। 

शनिबार राति नेपाल एयरलाइन्सको सवा ११ बजेको फ्लाइटमार्फत दुबई जान लागेका यी यात्रुलाई ‘तिमीहरूले के गर्न सक्छौं गर’ भन्दै उतारेको एक यात्रु प्रकाशबहादुर चन्दले जानकारी दिए। 

एयरलाइन्सका कर्मचारीले आफ्नो स्टाफलाई विदेश घुमाउन टिकट काटेका यात्रुहरूलाई बिनाकारण दुःख दिएको त्रिभुवन विमानस्थलका कर्मचारीले जानकारी गराए। उनीहरूले यसअघि पनि मुकेश प्रधानले पटकपटक यात्रुहरूलाई अपमानित गर्ने गरेको जानकारी पनि दिए। 

यस विषयमा गौशाला प्रहरीमा आफूहरूले राती १२ बजे उजुरी हालेको जानकारी चन्दले गराए। तर, प्रहरीले पनि लाचारी देखाएको उनको भनाइ थियो। ‘हामी झन् प्रहरीले केही कार्यवाही अगाडि बढाउँला भनेर गएको त। ठूलाबडाले गर्छन भनेर चुप लागेर पो बसे,’ चन्दले दुःखेसो पोखे। 

नेपाल एयरलाइन्सले ‘अफलोड’ गरेका १५ यात्रु ३ बजेसम्म विमानस्थलमै अलपत्र बसेका थिए। तर, उनीहरूको मागको कुनै सुनुवाई नभएपछि ३ बजे डेरा फर्किएको चन्दले बताए। ‘यस्तो दादागिरी मैले आजसम्म देखेको थिइन,’ पेशाले प्रोफेसर चन्दले भने। उनले बिमान चढ्न आफूहरू ८ बजे नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगिसकेको जानकारी दिए।

प्रकाशित मिति: ११:१२ बजे, आइतबार, मंसिर १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्