वुद्धिमान तामाङ राप्रपाको उपाध्यक्ष निर्वाचित
काठमाडौं, मंसिर १९ : राष्ट्रिय प्रजातन्त्र पार्टीको उपाध्यक्षमा वुद्धिमान तामाङ निर्वाचित भएका छन्। आइतबार सम्पन्न मतगणना अनुसार तामाङ १९४४ भोट ल्याएर विजयी भएका हुन्। तामाङ कमल...
काठमाडौं, मंसिर १९ : राष्ट्रिय प्रजातन्त्र पार्टीको उपाध्यक्षमा वुद्धिमान तामाङ निर्वाचित भएका छन्। आइतबार सम्पन्न मतगणना अनुसार तामाङ १९४४ भोट ल्याएर विजयी भएका हुन्।
तामाङ कमल थापा प्यानलका उम्मेदवार हुन्। उनीसँगै थापा प्यानलबाट खुला उपाध्यक्ष पदका उम्मेदवार विक्रम पाण्डे सर्वाधिक मतसहित विजयी भएका छन्। उनले २५२१ मत प्राप्त गरे ।
उपाध्यक्षपदमा सोही प्यानलमा ध्रुवबहादुर प्रधान १८१४ भोट ल्याएर विजयी भएका छन् ।
अध्यक्षमा भने कमल थापा पराजित भएका छन्। उनलाई राजेन्द्र लिङ्देनले २ सय मतान्तरले पराजित गरेका हुन्।
प्रकाशित मिति: ११:०३ बजे, आइतबार, मंसिर १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1788524800.jpg)