Kathmandu Press

रेखा थापालाई पराजित गर्दै राप्रपाको महिला महामन्त्रीमा कुन्ती शाही निर्वाचित

रेखा थापालाई पराजित गर्दै राप्रपाको महिला महामन्त्रीमा कुन्ती शाही निर्वाचित

काठमाडौं, मंसिर १९ : राप्रपाको महिला महामन्त्रीमा कुन्ती शाही विजयी भएकी छन्।  नायिका रेखा थापालाई पराजित गर्दै शाही महामन्त्री निर्वाचित भएकी हुन्। 

आइतबार सम्पन्न मतगणना अनुसार शाहीले थापालाई ११६० मतले पराजित गरेकी हुन्। शाहीले २ हजार ८ मत ल्याएर विजयी हुँदा थापाले १ हजार ६ सय ४० मत पाएकी छन्।

त्यस्तै अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन्। कमल थापाले  १ हजार ६१७ मत पाउँदा लिङ्देनले १ हजार ८४४ मत पाएका छन्।

प्रकाशित मिति: १०:२२ बजे, आइतबार, मंसिर १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्