राप्रपा महाधिवेशन : रेखा र कमल थापा दुबै पराजित
काठमाडौं, मंसिर १९ः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन अन्तर्गत शनिबार सम्मन्न निर्वाचनबाट अध्यक्ष पदका प्रत्यासी कमल थापा पराजित भएका छन्। त्यस्तै...
काठमाडौं, मंसिर १९ः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन अन्तर्गत शनिबार सम्मन्न निर्वाचनबाट अध्यक्ष पदका प्रत्यासी कमल थापा पराजित भएका छन्। त्यस्तै महिला महामन्त्री पदका उम्मेदवार रेखा थापा पनि पराजित भएकी छन्।
आइतबार सम्पन्न मतगणना अनुसार कमल थापालाई पराजित गर्दै राजेन्द्र लिङ्देन अध्यक्ष निर्वाचित भएका छन् । कमल थापाले १ हजार ६१७ मत पाउँदा लिङ्देनले १ हजार ८४४ मत पाएका छन्।
महिला महामन्त्रीमा नायिका रेखा थापालाई पराजित गर्दै कुन्ती शाही विजयी भएकी छन्। शाहीले २ हजार ८ मत ल्याएर विजयी हुँदा थापाले १ हजार ६ सय ४० मत पाएकी छन्।
रेखाले लिङ्देन प्यानलबाट महिला महामन्त्री पदमा उम्मेदवारी दिएकी थिइन् भने शाहीले कमल थापा प्यानलकी उम्मेदवार हुन्। महाधिवेशन चल्दै गर्दा कमल थापा, रेखा थापा र कुन्ती शाही सार्वजनिक रुपमै एकअर्काको विरोधमा उत्रिएका थिए।
कमल थापामा व्यक्तिवादी प्रवृत्ती हावी भएको र राप्रपा कमजोर अवस्थामा पुग्नुमा उनी नै जिम्मेवार रहेको रेखाले आरोप लगाउँदै आएकी छन्। रेखा राजसंस्था र हिन्दु धर्मको विपक्षीमा रहेको कमल थापाको आरोप थियो ।
कुन्ती शाहीले भने राजनीति गर्नु फिल्म खेल्नु जस्तो सजिलो नभएको भन्दै रेखाविरुद्ध अभिव्यक्ति दिएकी थिइन् ।











-1788524800.jpg)