Kathmandu Press

राप्रपा महामन्त्रीमा धवलशम्शेर राणा विजयी

काठमाडौं, मंसिर २० : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्रीमा धवल शम्शेर राणा विजयी भएका छन्।राप्रपा निर्वाचन समितिले आज बिहान सार्वजनिक गरेको मत परिणाम...
राप्रपा महामन्त्रीमा धवलशम्शेर राणा विजयी

काठमाडौं, मंसिर २० : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्रीमा धवल शम्शेर राणा विजयी भएका छन्।

राप्रपा निर्वाचन समितिले आज बिहान सार्वजनिक गरेको मत परिणाम अनुसार उपाध्यक्षमा विक्रम पाण्डे, बुद्धिमान तामाङ र ध्रुवबहादुर प्रधान विजयी भएका छन्। पाण्डेले २ हजार ५२१, तामाङले १ हजार ९४४ र प्रधानले १ हजार ८१४ मत पाएका छन्।

त्यस्तै, उपाध्यमा पराजित भएका दिलविकास राजभण्डारीले १ हजार १९४, रामचन्द्र राय यादवले ९६७, जगतप्रसाद गौचनले ८९० मत पाएका छन्।

महिला उपाध्यक्षमा रोशन कार्की विजयी भएकी छन्। उनले १ हजार ५८९ मत पाइन्। त्यस्तै, उपाध्यक्षमा पराजित भएका लिलादेवी श्रेष्ठले १ हजार ५४ र दुर्गा श्रेष्ठले ८०५ मत पाए।

महामन्त्रीमा धवल शम्शेर राणा र भुवन कुमार पाठक विजयी भएका छन्। राणाले २ हजार २२१ र पाठकले १ हजार ७०५ मत पाए।

महिला महामन्त्रीमा कुन्तीकुमारी शाही विजयी भएकी छन्। उनले २ हजार ८ मत पाइन्। महामन्त्रीमा पराजित भएकी रेखा थापाले १ हजार ६४० मत पाइन्।

 

प्रकाशित मिति: ०८:३० बजे, आइतबार, मंसिर १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्