Kathmandu Press

राप्रपा अध्यक्षमा राजेन्द्र लिङदेन निर्वाचित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङदेन निर्वाचित भएका छन्।
राप्रपा अध्यक्षमा राजेन्द्र लिङदेन निर्वाचित

काठमाडौं, मंसिर २० : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङदेन निर्वाचित भएका छन्।

कमल थापालाई पराजित गर्दै लिङदेन विजयी भएका छन्। आज बिहान सकिएको मत गणना अनुसार लिङदेनले १ हजार ८४४ मत पाएका छन्।

त्यस्तै, थापाले १ हजार ६१७ मत पाएका छन्। निर्वाचन समितिका अनुसार ४१३ मत बदर भएका छन्।

 

प्रकाशित मिति: ०७:५५ बजे, आइतबार, मंसिर १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्