कांग्रेस कर्णालीको सभापतिमा ललितजंग शाही विजयी
काठमाडौं, मंसिर २० : नेपाली कांग्रेस कर्णाली प्रदेश सभापतिमा ललितजंग शाही विजयी भएका छन्।आइतबार बिहान सम्पन्न मत गणना अनुसार ललितजंगले भूपेन्द्रजंग शाहीलाई ९१...
काठमाडौं, मंसिर २० : नेपाली कांग्रेस कर्णाली प्रदेश सभापतिमा ललितजंग शाही विजयी भएका छन्।
आइतबार बिहान सम्पन्न मत गणना अनुसार ललितजंगले भूपेन्द्रजंग शाहीलाई ९१ मत पराजित गरेका छन्। ललितजंगले ४२२ मत पाएका छन् भने भूपेन्द्रजंगले ३७१ मत पाएका छन्।
प्रदेश सभापतिमा अर्का प्रत्यासी मोतीराज बमले जम्मा ७ मत पाएका छन्।
ललितजंगलाई सभापति शेरबहादुर देउवा र भुपेन्द्रजंगलाई वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको समर्थन रहेको थियो। बम कांग्रेस उपसभापति विमलेन्द्र निधि पक्षको समर्थन रहेको थियो।
ललितजंग पक्षकै प्यानल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।
उपसभापतिमा कालीबहादुर सहकारी र सनतकुमारी कार्की विजयी भएका छन्। त्यस्तै, महामन्त्रीमा निरञ्जन केसी र कृष्णकुमार रोकाया निर्वाचित भएका छन्।
सहमहामन्त्रीमा उपेन्द्रबहादुर थापा, एकराज डाँगी र रामछाँया कुमारी शाही निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।











-1788524800.jpg)