Kathmandu Press

चीनले अफ्रिकालाई महामारी विरुद्ध जुँध्न मद्दत गर्ने

मस्काे, मंसिर १८ : चीनले अफ्रिकालाई कोभिड-१९ महामारी विरुद्ध जुँध्न र विश्व बजारमा आफ्नो प्रतिस्पर्धात्मक क्षमता सुधार गर्न मद्दत गर्ने चाहेको  रुसको स्पुतनिक...
चीनले अफ्रिकालाई महामारी विरुद्ध जुँध्न मद्दत गर्ने

मस्काे, मंसिर १८ : चीनले अफ्रिकालाई कोभिड-१९ महामारी विरुद्ध जुँध्न र विश्व बजारमा आफ्नो प्रतिस्पर्धात्मक क्षमता सुधार गर्न मद्दत गर्ने चाहेको  रुसको स्पुतनिक समाचार एजेन्सीले  जनाएको छ।

'चीनले अफ्रिकाको भरपर्दो मित्र भएको कुरामा जोड दिएको छ र यो हरेक पटक व्यवहारमा पुष्टि पनि भएको छ,' रुसी एकेडेमी अफ साइन्सेसको अफ्रिकी अध्ययन संस्थानका प्रमुख अनुसन्धान फेलो तातियाना डेचले भनेका छन्।

'कृषि निर्यातका लागि चीनको समर्थनले अफ्रिकी देशहरूलाई व्यापार असन्तुलन कम गर्न र चीनमा कच्चा पदार्थको निर्यातमा उनीहरूको निर्भरता कम गर्न मद्दत गर्नेछ। यसले विश्व बजारमा अफ्रिकाको प्रतिस्पर्धात्मकतामा सुधार गर्नेछ,' डेचले थपे।

चीनले अफ्रिकी देशहरूको भरपर्दो साझेदारको रूपमा आफ्नो विश्वसनीयता बलियो बनाएको छ र चीन-अफ्रिका सहयोगलाई बदनाम गर्ने अफवाहहरूको खण्डन गरेको छ।

प्रकाशित मिति: २०:५७ बजे, शनिबार, मंसिर १८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्