बैंकहरुमा आठ हजार शंकास्पद कारोबार भयो : गर्भनर नेपाल
काठमाडौं, माघ १८ : नेपाल राष्ट्र बैंकका गर्भनर डा.चिरञ्जिवि नेपालले प्रविधिसँगै सम्पत्ति शुद्धिकरणको जोखिम पनि बढ्दै गएको बताएका छन् ।
उनले ....

काठमाडौं, माघ १८ : नेपाल राष्ट्र बैंकका गर्भनर डा.चिरञ्जिवि नेपालले प्रविधिसँगै सम्पत्ति शुद्धिकरणको जोखिम पनि बढ्दै गएको बताएका छन् ।
उनले गतवर्ष बैंकहरुबाट मात्रै आठ हजार आठ सय शंस्कास्पद कारोबार भएको बताए । जसमा तीन हजार हाराहारी मात्रै कारवाहीको दायरमा आएको नेपालले बताए ।
नेपाल बैंकिङ इन्स्टिच्युटद्वारा आयोजित ‘एन्टि मनि लन्ड्रिङ’सम्बन्धी कार्यक्रममा बोल्दै गर्भनरले आन्तरिक व्यवस्थापन, रेगुलेसन, अडिट रिपोर्ट र सुपर भिजनका कारण सम्पत्ति शुद्धिकरण बढेको बताए ।
उनले सम्पत्ति शुद्धिकरण निवारण ऐनलाई अझै प्रभावकारी बनाउन बैंक र वित्तीय संस्थाहरुसँग थप सहकार्य गर्नुपर्नेमा जोड दिएका छन । “पछिल्लो समय बैंकिङ प्रणालीबाट शंकास्पद कारोबार पनि बढेको छ,” डा.नेपालले भने ।
सम्पत्ति शुद्धिकरणसम्बन्धी काममा गम्भीर ढङ्गले काम नगर्ने बैंक तथा वित्तीय संस्थामाथि राष्ट्र बैंकले कडा निगरानी गरी कार्वाहीको दायरामा ल्याउने चेतावनी दिए ।











-1754206481.jpg)