Kathmandu Press

पाकिस्तानको पञ्जाब प्रान्तमा डेंगुका बिरामी बढे

इस्लामावाद, मंसिर १८ : पाकिस्तानको पञ्जाब प्रान्तमा डेंगुका घटनाहरू बढ्दै गएको पाइएको छ। यस प्रान्तमा गत २४ घण्टामा थप तीन जनाको मृत्यु भएको...
पाकिस्तानको पञ्जाब प्रान्तमा डेंगुका बिरामी बढे

इस्लामावाद, मंसिर १८ : पाकिस्तानको पञ्जाब प्रान्तमा डेंगुका घटनाहरू बढ्दै गएको पाइएको छ। यस प्रान्तमा गत २४ घण्टामा थप तीन जनाको मृत्यु भएको छ, भने ७३ जना  नयाँ सङ्क्रमित भेटिएको स्थानीय सञ्चार माध्यमले शनिबार जनाएको छ।

पञ्जाबको प्राथमिक र माध्यमिक स्वास्थ्य सेवा विभागले जनाएअनुसार पञ्जाबमा यस वर्ष डेंगु ज्वरोबाट १५१ व्यक्तिको मृत्यु भएको छ। यस प्रान्तमा कुल २५,६०५  सङ्क्रमणका घटना दर्ता गरिएको छ। त्यसैगरी लाहोरमा कुल सङ्क्रमितको सङ्ख्या  १८,०७९ पुगेको छ।

Hardik ivf

तथ्याङ्क अनुसार, १५० बिरामीहरू हाल पञ्जाबका विभिन्न सरकारी अस्पतालहरूमा  उपचाररत छन्।

डेंगु एक लामखुट्टेबाट सर्ने भाइरल रोग हो जुन हालैका वर्षहरूमा विश्वभर द्रुत रूपमा फैलिएको छ।

प्रकाशित मिति: १८:२० बजे, शनिबार, मंसिर १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्