Kathmandu Press

मुलुकभर २३८ जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु 

मुलुकभर २३८ जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु 

काठमाडौं, मंसिर १८ मुलुकभर पछिल्लो चौबिस घण्टामा २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २९५ जनामा पीसीआर परीक्षण गर्दा २२० जना र १ हजार ५०२ जनामा एन्टीजेन परीक्षण गर्दा १८ जनामा कोरोना पोजेटिभ भेटिएको हो। 

सोही अवधिमा ३९२ जना संक्रमणमुक्त हुँदा ५ जनाको मृत्यु भएको छ। 

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या पीसीआरतर्फ ८ लाख २२ हजार ३९२ पुगेको छ भने एन्टीजेनतर्फ ९५ हजार ५८७ पुगेको छ । त्यस्तै संक्रमणमुक्त हुनेको संख्या ८ लाख ४ हजार १०८ पुगेको छ । कोरोना संक्रमणका कारण हालसम्म ११ हजार ५४० जनाको मृत्यु भएको छ । 

मन्त्रालयका अनुसार मुलुकभर ६ हजार ७४४  जना कोरोनका सक्रिय संक्रमित छन्। तीमध्य ६ हजार ३९७ जना होम आइशोलेसनमा रहेका छन् भने ३४७ जना संस्थागत आइशोलेसनमा छन् । त्यस्तै ९८ जना क्वारेन्टाइनमा रहेका छन्। 

प्रकाशित मिति: १७:४१ बजे, शनिबार, मंसिर १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्