Kathmandu Press

गाम्बियामा राष्ट्रपति निर्वाचनको लागि मतदान शुरु

बान्जुल, मंसिर १८ :अफ्रिकी राष्ट्र गाम्बियामा पहिलो राष्ट्रपति निर्वाचनका लागि गाम्बियालीहरुले शनिबार मतदान गर्न शुरु गरेका छन् । पूर्व तानाशाह याह्या जाम्मेह निर्वासनमा भागेपछि...
गाम्बियामा राष्ट्रपति निर्वाचनको लागि मतदान शुरु

बान्जुल, मंसिर १८ :अफ्रिकी राष्ट्र गाम्बियामा पहिलो राष्ट्रपति निर्वाचनका लागि गाम्बियालीहरुले शनिबार मतदान गर्न शुरु गरेका छन् । 

पूर्व तानाशाह याह्या जाम्मेह निर्वासनमा भागेपछि राष्ट्रपतिको लागि निर्वाचन शुरु भएको छ । यस मतदानलाई गाम्बियामा प्रजातान्त्रिक परीक्षणको रुपमा नजिकबाट हेरिनेछ । यहाँ जाम्मेहले १९९४ मा रक्तहीन‘कू’ द्वारा सत्ता कब्जा गरेपछि २२ वर्ष शासन गरेका थिए ।

Hardik ivf

पूर्व तानाशाह जाम्मेह जनवरी २०१७ मा इक्वेटोरियल गिनीमा निर्वासनमा जान बाध्य पारिएको थियो । जाम्मेह तत्कालीन आफन्त व्यारो आदामाले मतदानमा पराजित गरेका थिए । ५६ वर्षीय राष्ट्रपति ब्यारो अहिले पुनः चुनावको लडिरहेका छन्। उनीसँगै पाँच अन्य उम्मेद्वारहरुले पनि चुनावको सामना गर्दै छन् । 

मतदान स्थानीय समयानुसार बिहान ८ बजे शुरु भएको जनाइएको छ ।  राजधानी बाञ्जुलमा रहेका मतादान केन्द्रहरुका बिहानैदेखि लामो लाइनहरु रहेका जनाइएको छ। बाञ्जुल छेउछाउको बजारमा करिब ५०० जना मानिस घण्टौं पर्खाइमा लाइनमा बसेका जनाइएको छ।

प्रकाशित मिति: १७:१६ बजे, शनिबार, मंसिर १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्