Kathmandu Press

तालिबानद्वारा महिला अधिकारको रक्षाका लागि निर्देशिका जारी

काबुल, मंसिर १८ : अफगानिस्तानमा सत्ता सञ्चालन गरिरहेका तालिबानहरुले महिलाको अधिकारको रक्षा गर्ने जनाएका छन् ।  उनीहरुले महिला अधिकारको रक्षा गर्न नसकेको भनेर विश्वमा...
तालिबानद्वारा महिला अधिकारको रक्षाका लागि निर्देशिका जारी

काबुल, मंसिर १८ : अफगानिस्तानमा सत्ता सञ्चालन गरिरहेका तालिबानहरुले महिलाको अधिकारको रक्षा गर्ने जनाएका छन् ।  उनीहरुले महिला अधिकारको रक्षा गर्न नसकेको भनेर विश्वमा नै आलोचना भइरहेका बेला यस्तो प्रतिबद्धता सार्वजनिक गरेका हुन्।

यहाँका सर्वोच्च नेताले सो अधिकारको रक्षाका लागि भन्दै निर्देशिका जारी गरेका हुन् । शुक्रबार यहाँको तालिबान सरकारका सर्वोच्च नेता हैबतुल्लाह अखुन्जादाले सो निर्देशिका जारी गरेका छन् ।उक्त निर्देशिकामा महिलालाई स्वतन्त्रता दिइएको बताइएको छ । उनीहरुले विद्यालय जान पाउने र बिवाहका क्रममा पनि महिलामाथि कुनै दबाब दिन नपाइने बताइएको छ।

त्यसैगरी महिलालाई उनीहरुका अधिकारमा जबर्जस्ती गर्न नपाइने बताइएको छ । एकल महिलाले पनि आफ्नो इच्छा बमोजिम विवाह गर्न पाउने कुरा पनि सो कानुनमा जनाइएको छ ।त्यसैगरी कुनै पनि व्यक्तिले एकभन्दा बढी श्रीमती राखेको छ भने पनि उसले इस्लामिक कानुनअनुसारका अधिकार महिलालाई दिनुपर्ने कुरा पनि सो कानुनमा जारी गरिएको बताइएको छ।

अफगानिस्तानमा महिला अधिकार हनन् भएका कैयौँ उदाहरणहरु रहेका छन् ।अहिले तालिबानहरु सत्तामा आएपछि पनि उनीहरुले महिला र बालबालिकालाई अधिकार नदिएका र दबाब दिएका भनी विश्वव्यापी रुपमा आलोचना भएको थियो। 

प्रकाशित मिति: १७:०४ बजे, शनिबार, मंसिर १८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्