Kathmandu Press

रेखाकाे आरोप – राप्रपा एक सिटको अवस्थामा आइपुग्नुमा कमल थापा जिम्मेवार छन्

काठमाडौं, मंसिर १८ः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ रेखा थापाले पार्टी जिर्ण अवस्थामा आइपुग्नुमा कमल थापा जिम्मेवार रहेको बताएकी छन् । महाधिवेशनस्थलमा...
रेखाकाे आरोप – राप्रपा एक सिटको अवस्थामा आइपुग्नुमा कमल थापा जिम्मेवार छन्

काठमाडौं, मंसिर १८ः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ रेखा थापाले पार्टी जिर्ण अवस्थामा आइपुग्नुमा कमल थापा जिम्मेवार रहेको बताएकी छन् । महाधिवेशनस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै कमल थापाकै कारण राप्रपा ३३ सिट, २२ सिट हुँदै एक सिटको अवस्थामा आइपुगेको बताएकी हुन् । 

उनले कमल थापाको हतोत्साहित मनस्थिती, पुरातन सोँच र एकलौटी प्रवृत्तीका कारण राप्रपामा युवा नेताहरुको अभाव भएको समेत बताइन् । ‘आफै खाउँ, आफै लाउँ र शासकीय प्रवृत्तीबाट अगाडि बढ्नुभएको नेता भन्नेकुरा यहीँबाट बुझियो’ अभिनेतृ समेत रहेकी रेखाले भनिन्,‘ किन आज पार्टी कोल्याप्स भयो? किन यति जीर्ण अवस्थामा छ ? यो सब कमल थापाको कारण हो।’

रेखाले कमल थापाले कुन्ती कुमारी शाहीलाई मात्र अगाडि बढाउन खोजेको, अन्य नेतृहरुलाई सिन्डिकेट लगाएको आरोप लगाइन्। ‘अरु महिला नेतृ चाहीँ उहाँको लागि कोही पनि होइन । सिर्फ एउटै नेतृ उहाँको लागि प्रियतम, प्रियसी, पृयपात्र हुन्छ भने अरु नेतृहरु चुप लागेर बस्छन्? कमल थापाको कार्यकर्ता त म पनि हो नि । अनि हामीलाई सिन्डिकेट लगाउने?’ उनको प्रश्न छ। 

थापाले अन्य दुई अध्यक्षहरुले पुनः अध्यक्षमा दाबी नगर्दा कमल थापाले अस्वीकार गर्नुमा समेत प्रश्न गरेकी छन्। ‘युवा नेतृत्व अगाडि बढ्छु भनिरहँदा उहाँले त आशिर्वाद दिनुपर्ने होइन? दुई दुई वटा नेताले त त्याग्नुभयो उहाँलाई चाहिँ के का लागि कब्जा गर्नुपर्ने ?’ उनले भनिन्। 

कमल थापाको व्यक्तिवादी प्रवृत्तीकै कारण राप्रपाभित्र राजेन्द्र लिङदेनको पक्षमा जनलहर सिर्जना भएको उनको दाबी छ।  

प्रकाशित मिति: १६:३३ बजे, शनिबार, मंसिर १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्