Kathmandu Press

म्याद गुज्रिएको फेला परेपछि युनिलिभरको ३२ टन चिया नष्ट गरिँदै

वाग्मती, मंसिर १८ : जिल्ला प्रशासन कार्यालय मकवानपुरले  बहुराष्ट्रिय कम्पनी युनिलिभरको ३२ टन चिया नष्ट गर्ने निर्णय गरेको छ।  हेटौँडा उपमहानगरपालिका–२ स्थित बसामाडीमा रहेको...
म्याद गुज्रिएको फेला परेपछि युनिलिभरको ३२ टन चिया नष्ट गरिँदै

वाग्मती, मंसिर १८ : जिल्ला प्रशासन कार्यालय मकवानपुरले  बहुराष्ट्रिय कम्पनी युनिलिभरको ३२ टन चिया नष्ट गर्ने निर्णय गरेको छ।  

हेटौँडा उपमहानगरपालिका–२ स्थित बसामाडीमा रहेको सो बहुराष्ट्रिय कम्पनीको  चिया प्रशोधन केन्द्रबाट प्रशासनले सो म्याद गुज्रिएको चिया बरामद गरेको थियो । प्रशासनले कम्पनीका व्यवस्थापक  र एक सप्लायर्सलाई प्रचलित कानून बमोजिम जनही रु १० हजार जरिवाना गराउने  निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए। 

कम्पनीले म्याद नाघेको  सिटिसी नाम उल्लेख  र अन्य नाममा चिया प्रशोधन गरी ‘रेड लेवल  व्राण्ड’का रुपमा बजारमा बिक्री गर्ने तयारीको चिया भण्डारण गरेर राखेको थियो। 

प्रशासनले सो जानकारी प्राप्त गर्ना साथ कम्पनीमा अनुगमन गरी शिलबन्दी गरेको थियो । प्रशासनका अनुसार सन् २०१९ मा उत्पादित चियापत्तिको उपभोग्य अवधि सन् २०२० को जुन महिनासम्म मात्र थियो ।  

गतभदौ १५ गते जिप्रकाको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र प्रहरीसहितको टोलीले सो चियापत्ति  नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरेको थियो।

प्रकाशित मिति: १६:०६ बजे, शनिबार, मंसिर १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्