प्रतिगमनको खतरा सम्पूर्ण रुपमा अझै टरेको छैनः प्रचण्ड
काठमाडौं, मंसिर १८ः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनको खतरा अझै टरिनसकेको बताएका छन्। माओवादी केन्द्र सम्बद्ध पत्रकारहरुको समूह प्रेस सेन्टरको...
काठमाडौं, मंसिर १८ः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनको खतरा अझै टरिनसकेको बताएका छन्। माओवादी केन्द्र सम्बद्ध पत्रकारहरुको समूह प्रेस सेन्टरको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले प्रतिगमन र प्रतिक्रान्तिकारी प्रवृत्तीले टाउको उठाउने मौका खोजिरहेको बताएका हुन्।
नेपाल र नेपाली जनताले लामो समयसम्म लडेर ल्याएको परिवर्तन र परिवर्तन र प्राप्त उपलब्धीलाई दुई दशक नपुग्दै उल्टाउने खेल भएको उनले बताए । प्राप्त उलब्धिको रक्षाका लागि पुनः नेपाली जनता सडकमा आएपछि प्रतिगमनको पराजय भएको बताए।
दुइदुई पटक प्रतिगमनकारीहरु असफल भएपनि पुनः उठ्न खोजिरहेको र त्यसका लागि मौकाको पर्खाइमा रहेको प्रचण्डले बताए। त्यसकै प्रयासस्वरुप गठबन्धलाई कमजोर बनाउने खेलहरु पनि देखिएको बताए ।
उनले नेपाली प्रेसले प्रतिगमनविरुद्धको लडाईँमा ठूलो भूमीका खेलेको बताए । ‘ गठबन्धनलाई कमजोर पार्न सकिन्छ कि, नेपाली प्रेसलाई कमजोर पार्दै त्यहाँबाट भ्रम छर्न सकिन्छ कि भनेर प्रतिगमनकारी र प्रतिक्रान्तीकारीहरु छटपटाइरहेका छन्,’ प्रचण्डले भने। सोहीकारण पूर्ण रुपमा रिल्याक्स गर्नुपर्ने ठाउँमा अझै नआइपुगेको प्रचण्डको दाबी छ ।
प्रचण्डले चितवनमा एमालेको महाधिवेशनमा विचित्रको ध्रुविकरण भएको बताएका छन्। ‘ ती भेलामा एउटा मण्डलेकरणको प्रवृत्ती, पञ्चायतकरणको प्रवृत्ती र सामन्ती निरंकुशतामा जाने प्रवृत्ती र अर्को त्यसका विरुद्ध जाने प्रवृत्ती प्रष्ट देखा पर्यो,' प्रचण्डले भने, 'चितवनमा भेला गरेर जानेहरुमा एउटा गुट मण्डलेकरण, पञ्चायतीकरण, प्रतिगमनतिर जाने हर्कत अहिले पनि छाडेको छैन। त्यसैले क्रान्तिको उपलब्धिको रक्षा गर्ने कुरामा आफ्नो सजगता र सक्रियता कहिँ कतै छोड्न हुने स्थिति छैन।'











-1788524800.jpg)