राप्रपा महाधिवेशनः पशुपति शमसेर राणाले गरे मतदान, कमल थापाले ४ बजे गर्ने
काठमाडौं, मंसिर १८ः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा अध्यक्ष पशुपति शमसेर जबराले मतदान गरेका छन्। बिहान ८ बजे शुरु हुने भनिएको...
काठमाडौं, मंसिर १८ः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा अध्यक्ष पशुपति शमसेर जबराले मतदान गरेका छन्। बिहान ८ बजे शुरु हुने भनिएको मतदान ढिला गरी शुरु भएको हो ।
जारी महाधिवेशनमा राप्रपाको अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देन चुनावी मैदानमा छन्। तीन अध्यक्षमध्यका राणा थापा र लिङ्देनमा कसको पक्षमा भन्ने विषयमा खुलेका छैनन्। उनले आफू गोप्य मतदान गर्ने बताउँदै आएका थिए।
राणाले आफै अध्यक्षका आकांक्षी भए पनि पार्टीभित्रको एकता कमजोर बन्ने स्थिति आउने कारण पछि हटेको बताएका थिए । अध्यक्षमा उम्मेदवार भएको अवस्थामा सहजै जित्ने दाबी गरेका राणाले आफ्नो उम्मेदवारीले पार्टी पुनः फुट्ने भएका कारण उम्मेदवारी नदिएको बताएका थिए।
अध्यक्षका प्रत्यासी कमल थापाले भने अपराह्न ४ बजे मतदान गर्ने बताएका छन्। महाधिवेशनस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा थापाले ४ बजेपछि मात्रै मतदान गर्ने बताएका हुन्।











-1788524800.jpg)