बागमती प्रदेशमा मन्त्रालय फुटाइयाे, अब १४ मन्त्रालय
काठमाडौं, मंसिर १८ : बागमती प्रदेश सरकारमा मन्त्रालयको संख्या बढाएको छ। यसअघि ८ मन्त्रलाय रहेको बागमतीमा अब १४ मन्त्रलाय हुनेछन्।बागमती प्रदेश सरकारले राजपत्रमा...
काठमाडौं, मंसिर १८ : बागमती प्रदेश सरकारमा मन्त्रालयको संख्या बढाएको छ। यसअघि ८ मन्त्रलाय रहेको बागमतीमा अब १४ मन्त्रलाय हुनेछन्।
बागमती प्रदेश सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै ८ मन्त्रालयलाई फुटाएर १४ पु¥याएको हो । अब बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसँगै आन्तरिक मामिला तथा कानून, आर्थिक मामिला तथा योजना, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय रहने छन्।
यस्तै, थपिएका मन्त्रालयमा कृषि तथा पशुपन्छी विकास, खानेपानी ऊर्जा तथा सिंचाइ, संस्कृति तथा पर्यटन, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार, श्रम रोजगार तथा यातायात, युवा तथा खेलकुद, वन तथा वातावरण, सामाजिक विकास र स्वास्थ्य मन्त्रालय छन् ।
नेकपा एकीकृत समाजवादी नेता राजेन्द्र पाण्डेको नृत्वमा रहेको बागमती प्रदेश सरकारमा नेपाली कांग्रेस र माओवादी केन्द्र पनि सहभागी छन्।











-1788524800.jpg)