Kathmandu Press

राजनीतिक व्यवस्था नसुध्रिकोमा पूर्वराष्ट्रपतिको चिन्ता

काठमाडाैं, मंसिर १८ : पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको राजनीतिक व्यवस्था नसुध्रिएकोमा चिन्ता व्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंंघको उद्घाटन गर्दै...
राजनीतिक व्यवस्था नसुध्रिकोमा पूर्वराष्ट्रपतिको चिन्ता
फाइल तस्बिर ।

काठमाडाैं, मंसिर १८ : पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको राजनीतिक व्यवस्था नसुध्रिएकोमा चिन्ता व्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंंघको उद्घाटन गर्दै यादवले यस्तो चिन्ता व्यक्त गरेका हुन्।

मुलुकको राजनीतिक स्थिरताका लागि पञ्चायत, लोकतन्त्र र गणतन्त्र हुँदै ७० वर्षभन्दा बढी संघर्ष गरेर अहिलेको अवस्थामा आइपुगेको भए पनि अझै पनि देशको राजनीतिक व्यवस्था नसुध्रिएको पूर्वराष्ट्रपति यादवले बताए । उनले सुशासन प्रवद्र्धन हुन नसक्नु चिन्ताको विषय भएको पनि बताए ।

नेपाली उत्पादनको विदेशमा प्रदर्शनी, बजारीकरणलगायत विषयमा सहजीकरण गर्ने र बढीभन्दा बढी युवालाई स्वरोजगार बनाउने लक्ष्यसहित स्थापना भएको अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंंघको उद्घाटन गर्दै यादवले विदेशी ज्ञान, सीप र प्रविधि भित्र्याएर युवा उद्यमशीलता विकासमा संस्थाले सहयोगी भूमिका खेल्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: १०:३७ बजे, शनिबार, मंसिर १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्