Kathmandu Press

विदेशमा अध्ययनरत विद्यार्थीको समस्या सुल्झाउन कूटनीटिक पहल गरिने

काठमाडौं, मंसिर १८ : विदेशका विभिन्न शिक्षण संस्थामा चिकित्सा शिक्षाको एमबीबीएस कार्यक्रममा अध्ययनरतमध्ये कोभिड–१९ का कारण स्वदेश आएका नेपाली विद्यार्थीलाई सम्बन्धित मुलुकका शिक्षालयमै...
विदेशमा अध्ययनरत विद्यार्थीको समस्या सुल्झाउन कूटनीटिक पहल गरिने

काठमाडौं, मंसिर १८ : विदेशका विभिन्न शिक्षण संस्थामा चिकित्सा शिक्षाको एमबीबीएस कार्यक्रममा अध्ययनरतमध्ये कोभिड–१९ का कारण स्वदेश आएका नेपाली विद्यार्थीलाई सम्बन्धित मुलुकका शिक्षालयमै फर्काएर अध्ययन निरन्तरताका लागि सरकारले पहल गर्ने भएको छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतमा बसेको बैठकमा प्रभावित विद्यार्थीको निवेदन, सो सम्बन्धमा गठित कार्यदलको प्रतिवेदनसमेतका आधारमा निकासका लागि कूटनीटिक पहल गर्ने निर्णय भएको शिक्षा मन्त्रालयका सहसचिव डा. हरिप्रसाद लम्सालले जानकारी दिए।

बैठकमा चिकित्सा शिक्षा आयोगका पदाधिकारी, त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका उपकुलपति, नेपाल मेडिकल काउन्सिलका पदाधिकारी, स्वाथ्य तथा जनसंख्या मन्त्रालयका उच्चाधिकारी सहभागी थिए।

प्रकाशित मिति: ०६:५३ बजे, शनिबार, मंसिर १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्