Kathmandu Press

कञ्चनपुरमा ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, ११ घाईते 

काठमाडौं, मंसिर १७ : कञ्चनपुरमा ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् ।पूर्व–पश्चिम राजमार्ग...
कञ्चनपुरमा ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, ११ घाईते 

काठमाडौं, मंसिर १७ : कञ्चनपुरमा ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी नजिकै से १ त ३८४१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा कृष्णपुर नगरपालिका–९ पिपरैयाका द्रोपती राना, रतना कुमारी राना र रानी रानाको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनाका घाइतेहरूको कैलालीको धनगढीमा उपचार भइरहेको छ ।  

प्रकाशित मिति: २०:५९ बजे, शुक्रबार, मंसिर १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्