Kathmandu Press

प्रदेश १ मा संस्थापन र इतर पक्षको प्यानलसहित उम्मेदवारी, संस्थापनलाई सिटौलाको साथ 

काठमाडौं, मंसिर १७ : नेपाली कांग्रेसको प्रदेश १ सभापतिका लागि संस्थापन पक्ष र संस्थापन इतर पक्षले प्यानलसहित चुनावी प्रतिस्पर्धा गर्ने भएका छन् ।शनिबार...
प्रदेश १ मा संस्थापन र इतर पक्षको प्यानलसहित उम्मेदवारी, संस्थापनलाई सिटौलाको साथ 

काठमाडौं, मंसिर १७ : नेपाली कांग्रेसको प्रदेश १ सभापतिका लागि संस्थापन पक्ष र संस्थापन इतर पक्षले प्यानलसहित चुनावी प्रतिस्पर्धा गर्ने भएका छन् ।

शनिबार हुने निर्वाचनका लागि शुक्रबार सभापतिमा संस्थापन इतर समूहबाट गुरु घिमिरे र संस्थापन इतर समूहबाट उद्धव थापाले प्यानलसहित उम्मेदवारी दिएका छन् ।

संस्थापन पक्षलाई नेता कृष्णप्रसाद सिटौलाले सहयोग गरेका छन् । निर्वाचन समितिका अनुसार २ उपसभापतिका लागि गोविन्द ढुंगाना, टंक राई, रमेशजंग रायमाझी र विश्वनाथ रिजालले उम्मेदवारी दिएका छन् ।

यस्तै २ महामन्त्रीका लागि संस्थापनइतर पक्षबाट दिपेन श्रेष्ठ र उमेश थापा तथा संस्थापन पक्षबाट पद्मसुन्दर पालुङ्वा र भुपेन्द्र राईले उम्मेदवारी दिएका छन् ।

३ सहमहामन्त्रीका लागि प्रमिला गच्छदार, मानबहादुर लिम्बु, विनोदकुमार बस्नेत, खड्गबहादुर फागो, रोहितकुमार साह, इन्दिरा थापा, सुभाषचन्द्र राई, सीता कार्की, वीरकाजी राईले उम्मेदवारी दिएका छन् ।


 

प्रकाशित मिति: १९:५९ बजे, शुक्रबार, मंसिर १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्