Kathmandu Press

कांग्रेस सुदूरपश्चिम सभापतिका लागि वीरबहादुर बलायर र नारायणदत्त मिश्र भिड्दै

कांग्रेस सुदूरपश्चिम सभापतिका लागि वीरबहादुर बलायर र नारायणदत्त मिश्र भिड्दै

धनगढी, मंसिर १७ : नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिका लागि संस्थापन र इतर पक्षका प्यानल प्रतिस्पधार्मा उत्रिने भएको छ।

सर्वसम्मतिको प्रयास असफल भएपछि संस्थापन पक्षबाट केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायर उम्मेदवार बनेका छन् भने इतर पक्षबाट कैलालीका पूर्वसभापति नारायणदत्त मिश्र चुनावी मैदानमा उत्रिएका छन्। 

शुक्रबार बिहान ८ बजेदेखि ११ बजेसम्म मनोनयन दर्ता कार्यतालिका भए पनि सर्वसम्मतिका लागि छलफल जारी रहेकाले सो समय दिउँसो २ देखि ४ बजेसम्म तोकिएको थियो।

संस्थापन पक्षबाट प्रदेश उपसभापतिमा जनक चौधरी र लोकराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह ‘मनु’ र मेघराज खड्का तथा सहमहामन्त्रीमा गोपाल भट्ट र अम्बिका चलाउने उम्मेदवार बनेका छन् ।

त्यसैगरी संस्थापन इतर पक्षबाट उपसभापतिमा गोपाल गुरुङ र मानबहादुर रावल, महामन्त्रीमा प्रताप गुर्दामी र रामबहादुर शाही, सहमहामन्त्रीमा पदमराज पन्त र नरेन्द्र भट्ट उम्मेदवार रहेका छन्।

प्रकाशित मिति: १८:०३ बजे, शुक्रबार, मंसिर १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्