Kathmandu Press

बारका अध्यक्ष श्रेष्ठको आरोप – प्रधानन्यायाधीश जबरा जबरजस्ती डिस्चार्ज भए

काठमाडौं, मंसिर १७ः नेपाल बार एशोसियशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा कोरोना निको नभई जबरजस्ती डिस्चार्ज भएको आरोप लगाएका छन्। शुक्रबार पत्रकारहरुसँग...
बारका अध्यक्ष श्रेष्ठको आरोप – प्रधानन्यायाधीश जबरा जबरजस्ती डिस्चार्ज भए

काठमाडौं, मंसिर १७ः नेपाल बार एशोसियशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा कोरोना निको नभई जबरजस्ती डिस्चार्ज भएको आरोप लगाएका छन्। 

शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै श्रेष्ठले कोरोना प्रोटोकल अनुसार दश दिनसम्म बाहिरी व्यक्तिहरुको सम्पर्कमा आउन नमिल्ने भएपनि प्रधानन्यायाधीश जबरजस्ती डिस्चार्ज भएको बताएका हुन्। 

अस्पतालको बेडमा हुँदासमेत कायममुकायम नतोक्ने र कायममुकायम बन्न नदिनकै लागि जबरजस्ती डिस्चार्ज भएको श्रेष्ठले बताए । यसले आगामी दिनमा गलत नजिर बस्न सक्छ, यस्तो गर्नु गलत हो’ श्रेष्ठले भने। 

अध्यक्ष श्रेष्ठले सर्वोच्चमा मंसिर १५ गतेदेखि नै मुद्दा हेर्नका लागि गोला प्रथा लागू भएको बताए ।‘ यसमा प्रधानन्यायाधीशको कुनै भूमिका हुँदैन । उहाँले गोला लिनु हुन्न र लिनु भएको छैन,’ उनले भने,‘उहाँको बेन्च पनि छैन यस्तो स्थितिमा सेवा ग्राहीहरूलाई न्याय दिने कुरामा प्रधानन्यायाधीशको कर्तुतबाट सेवा ग्राहीलाई वञ्चित गर्नु हुँदैन।’

उनले सर्वोच्च जस्तै अन्य अदालतमा पनि चाँडै नै गोलाप्रथा बाट पेशी तोक्ने प्रणालीको थालनी गर्नुपर्ने बताए । त्यसका लागि बार एशोसियसनले सक्दो पहल गर्ने उनले बताए। 

मंसिर १३ गते कोभिड निमोनियाको उपचारका लागि सशस्त्र प्रहरी अस्पताल भर्ना भएका प्रधानन्यायाधीश राणा आज बिहान साढे ९ बजे डिस्चार्ज भएका थिए। 

प्रकाशित मिति: १७:५० बजे, शुक्रबार, मंसिर १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्