Kathmandu Press

नारायण वाग्लेको ‘कोरियाना’ अर्को साता आउँदै

काठमाडौं, माघ १८ : चर्चित उपन्यास ‘पल्पसा क्याफे’का लेखक नारायण वाग्लेको अर्को पुस्तक छिट्टै बजारमा आउन लागेको छ ।

उनको तेस्रो प....

नारायण वाग्लेको ‘कोरियाना’ अर्को साता आउँदै

काठमाडौं, माघ १८ : चर्चित उपन्यास ‘पल्पसा क्याफे’का लेखक नारायण वाग्लेको अर्को पुस्तक छिट्टै बजारमा आउन लागेको छ ।

उनको तेस्रो पुस्तकका रुपमा ‘कोरियाना कफीगफ’ आउन लागेको हो । प्रकाशक नेपालयले अर्को साता बजारमा ल्याउन लागेको जनाएको छ ।

Hardik ivf

फेब्रुअरी दोस्रासाता बजारमा आउने ‘कोरियाना कफीगफ’ उनको चर्चित स्तम्भ ‘कफीगफ’कै स्वादमा हुने जनाएको छ । उनको ‘कफीगफ’ पाठकले निकै रुचाएको स्तम्भ हो ।

यस अघि उनको ‘पल्पसा क्याफे’ र ‘मयुर टाइम्स’ पुस्तक प्रकाशित भएका थिए । ‘पल्पसा क्याफे’ले बजार पिटे पनि ‘मयुर टाइम्स’ भने खासै चलेन् ।

तेस्रो पुस्तक ‘कोरियाना कफीगफ’लाई प्रकाशक नेपालयले सार्वजनिक हुनु अघि नै बुकिङ गर्ने ब्यवस्था मिलाएकाे छ । यसलाई  www.sastobook.com, www.thuprai.com र  www.kitabyatra.com  बाट बुकिङ गर्न सकिने छ । यसको मूल्य चारसय ९५ रुपैयाँ रहेको नेपालयले जनाएको छ ।

प्रकाशित मिति: १३:१६ बजे, शुक्रबार, माघ १८, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्