Kathmandu Press

२४ घन्टामा थपिए २४६ कोरोना संक्रमित, निको हुने ३४७ जना

काठमाडौं, मंसिर १७ : पछिल्लो २४ घन्टामा देशभरिमा २४६ जना कोरोना संक्रमित थपिएका छन्।६,४०० जनामा गरिएको पिसिआर परीक्षणबाट २२३ र १,४३६ जनामा गरिएको एन्टिजेन...
२४ घन्टामा थपिए २४६ कोरोना संक्रमित, निको हुने ३४७ जना

काठमाडौं, मंसिर १७ : पछिल्लो २४ घन्टामा देशभरिमा २४६ जना कोरोना संक्रमित थपिएका छन्।

६,४०० जनामा गरिएको पिसिआर परीक्षणबाट २२३ र १,४३६ जनामा गरिएको एन्टिजेन परीक्षणबाट २३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सोही अवधिमा ३४७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित अहिलेसम्म निको हुनेको संख्या ८,०३,७१६ पुगेको छ। 

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छैन। अहिलेसम्म मृत्यु हुनेको संख्या ११,५३५ पुगेको छ।

अहिले देशभरिमा ६,९२१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १६:२१ बजे, शुक्रबार, मंसिर १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्