Kathmandu Press

कर्णाली कांग्रेस सभापतिमा ललितजंग, मोतीराज र भूपेन्द्रजंगको उम्मेदवारी

सुर्खेत, मंसिर १७ : नेपाली कांग्रेस कर्णाली प्रदेश सभापतिका लागि तीनजनाको उम्मेदवारी परेको छ।प्रदेश सभापतिका लागि उम्मेदवारी दिनेमा जुम्लाका ललितजंग शाही, कालिकोटका मोतीराज बम...
कर्णाली कांग्रेस सभापतिमा ललितजंग, मोतीराज र भूपेन्द्रजंगको उम्मेदवारी

सुर्खेत, मंसिर १७ : नेपाली कांग्रेस कर्णाली प्रदेश सभापतिका लागि तीनजनाको उम्मेदवारी परेको छ।

प्रदेश सभापतिका लागि उम्मेदवारी दिनेमा जुम्लाका ललितजंग शाही, कालिकोटका मोतीराज बम र कालिकोटकै भूपेन्द्रजंग शाही छन्।

ललितजंग प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाका निकट मानिन्छन्। बम उपसभापति विमलेन्द्र निधिनिकट हुन् भने भूपेन्द्रजंग नेता रामचन्द्र पौडेलको पक्षमा रहँदै आएका छन्।

यसअघि नेपाली कांग्रेस कर्णाली प्रदेश समितिको सभापतिमा लागि ललितजंग शाही र भूपेन्द्रजंग शाहीबीच प्रतिस्पर्धा हुने बताइएको थियो।

यसअघि ललितजंग र भूपेन्द्रजंग शाहीले मात्र उम्मेदवारी दिने बताइए पनि मोतीराज पनि थपिएपछि उम्मेदवारी दिने तीनजना भएका हुन्। 

प्रकाशित मिति: १५:५५ बजे, शुक्रबार, मंसिर १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्