कांग्रेस प्रदेश २ : अधिवेशन उद्घाटन सम्पन्न, निर्वाचन प्रक्रिया स्थगित
काठमाडाैं, मंसिर १७ : नेपाली कांग्रेस प्रदेश २ को प्रथम प्रदेश अधिवेशन उद्घाटन सत्र समापनसँगै निर्वाचन प्रक्रिया स्थगित गरिएको छ।निर्वाचन समितिका रजिस्ट्रेसन संयोजक...
काठमाडाैं, मंसिर १७ : नेपाली कांग्रेस प्रदेश २ को प्रथम प्रदेश अधिवेशन उद्घाटन सत्र समापनसँगै निर्वाचन प्रक्रिया स्थगित गरिएको छ।
निर्वाचन समितिका रजिस्ट्रेसन संयोजक विश्वेश्वर यादवले आज हस्तलिखित विज्ञप्ति जारी गर्दै प्राविधिक कारणले निर्वाचन प्रक्रिया स्थगित गरिएको जनाएका छन्।
कांग्रेस धनुषाका सचिवसमेत रहेका उनले धनुषा कांग्रेसको लेटरप्याडबाट विज्ञप्ति जारी गरेका हुन्।
‘नेपाली कांग्रेस प्रदेश नं. २ को प्थम प्रदेश अधिवेशनमा प्रतिनिधिज्युहरूको नाम दर्ता कार्य प्राविधिक कारणले २०७८–०८–१७ शुक्रबारका दिन स्थगित गरिएको व्यहोरा जानकारी गराउँदछौं,’ विज्ञप्तिमा उललेख छ।
स्थगित निर्वाचन कहिले सम्पन्न गर्ने भन्नेबारे केही पनि खुलाइएको छैन।
प्रदेश २ को महोत्तरी र सर्लाहीमा अहिलेसम्म कांग्रेस वडा र पालिका अधिवेशन हुन सकेको छैन। त्यसकारण पनि प्रदेश अधिवेशनको निर्वाचन प्रक्रिया स्थगित गरिएको आकलन गरिएको छ।












-1788524800.jpg)