Kathmandu Press

अभिनेत्री करिश्मा मानन्धर र नेत्री शान्ता चाैधरी कक्षा १२ उत्तीर्ण

काठमाडाैं, मंसिर १७ : चर्चित अभिनेत्री करिश्मा मानन्धरले कक्षा १२ उत्तीर्ण गरेकी छन्।उनले २.४१ जिपिए ल्याएकी छन्। राष्ट्रिय परीक्षा बोर्डले आज (शुक्रबार) कक्षा...
अभिनेत्री करिश्मा मानन्धर र नेत्री शान्ता चाैधरी कक्षा १२ उत्तीर्ण

काठमाडाैं, मंसिर १७ : चर्चित अभिनेत्री करिश्मा मानन्धरले कक्षा १२ उत्तीर्ण गरेकी छन्।

उनले २.४१ जिपिए ल्याएकी छन्। राष्ट्रिय परीक्षा बोर्डले आज (शुक्रबार) कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो। 

उत्तीर्ण भएको खबर आएलगत्तै करिश्मालाई शुभचिन्तकहरूले सामाजिक सञ्जालमार्फत बधाई दिइरहेका छन्।   

कक्षा १२ उत्तीर्ण भएकोमा करिश्मा दंग छिन्। उनले पढाइलाई अझ अगाडि बढाउने बताएकी छन्। 

त्यसैगरी एमाले नेत्री शान्ता चौधरीले पनि कक्षा १२ उत्तीर्ण गरेकी छन्। उनी पनि मिहिनेतको फल राम्रो पाइएकोमा खुसी छिन्। उनले पनि पढाइलाई विश्राम नदिने बताएकी छन्। 

‘यत्रो मिहिनेत गरेर यहाँसम्म आइयो, पढाइ रोक्ने त कुरै हुन्न,’ उनले भनिन्, ‘अब स्नातक तहमा भर्ना गर्ने सोचिरहेकी छु।’  

प्रकाशित मिति: १५:१९ बजे, शुक्रबार, मंसिर १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्